“देश छोड” भन्ने नारासहित प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली राजनीतिज्ञहरूको नियति सँधै मान–सम्मान पाउँछ भन्ने छैन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाविरुद्ध नाराबाजी खेप्नु परेको छ । संघीय राजधानी टुँडिखेलमा सोमबार गौरा पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रममा प्रमुख अतिथि बनेका प्रधानमन्त्री ओलीलाई केही अपरिचत युवाको समूहले उनको विरुद्ध मनपरी नाराबाजी गरे ।

ती युवाहरूले “केपी तेरो पाराले दुःख पायो साराले, …..देश छोड” भन्नेलगायत अमर्यादित र अपशब्द प्रयोग गरेका थिए । पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरूले चर्को नाराबाजी गरिरहेका थिए। तर आयोजकहरू ती युवाहरूलाई शिष्ट र शान्त रहन अपिल गरेका थिए । युवाहरूको आक्रोशको कोपभाजन बनेका प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताएर आफ्नो प्रतिक्रिया जनाएका थिए । कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए। ‘कार्यक्रम बिथोल्ने, लाज छैन। यही हो नेपालको चलन? यही हो सिकेर आएको?,’ सभापति देउवाले भने। उनले नाराबाजीकै बीचमा शुभकामना मन्तव्य दिएका थिए।  उनीहरू दुबैजनाले नगरा पनि बजाएका थिए ।

नेपाली समाजमा पछिल्लो समयमा राजनीतिक दलका तेताहरूलाई सार्वजनिक स्थलमा विरोध गर्ने कामहरू बढ्दै गएको छ । त्यो काम भने कहिले कसैको समर्थनमा भने कहिले कसैको विरोधमा । नेपाली राजनीतिक विश्लेषकहरूले पनि नेपालका राजनीतिज्ञहरू नियति बंगलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाको जस्तै हुने चेतावनी र विश्लेषण गर्दै आएका छन् । यस्तो विश्लेषण युट्युबमा प्रशस्तै हेर्न र सुन्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर