बालेनको एमालेलाई कडा जवाफ : “जनता माझ भ्रम नछर्नू”

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले जनता माझ भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत् सोमबार बिहान उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनता माझ भ्रम नछर्न आग्रह गरेका हुन् । यो स्पष्ट छ कि नेकपा एमालेले नदी वरपरको जग्गा २० मिटर छोड्नुपर्ने महानगरको निर्णय मान्य छैन भनी हिजो विरो गरेको थियो । उक्त एमालेको विरोधलाई जवाफ दिँदै मेयर बालेनले नदी वरपरको जग्गा २० मिटर छोड्नुपर्ने महानगरको नभई सर्वोच्च अदालतको आदेश हो भनी पुनः स्मरण गराउन फेसबुकमा स्टाटस लेखेका हुन् ।

बालेनको लेखाई यस्तो छ:-

“कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन,ु उनले लेखेका छन्, अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछर्नु होला ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर