सुन तोलामा एक सय रुपैयाँ घट्यो

काठमाडौं । आज सोमबारका दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ४ सय थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर