रास्वपाको बैठक भदौ ११ गते बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भदौ ११ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेका लागि बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छायाँ सरकार गठनसम्बन्धमा छलफल हुनेछ । रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । बैठकले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्काशन गर्ने तयारी गरेको पनि बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर