एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।

यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर