सुनकोशीमा बेपत्ता भक्तपुरका तीन युवाको खोजी कार्य तीव्र

काठमाडौं । खोटाङको हलेसीबाट शनिबार भक्तपुरतर्फ गइरहेको हाइलक्स जिप सुनकोशी नदीमा खसेर बेपत्त्ता भएका भक्तपुरका तीनजना युवाको खोजी कार्य तीव्र पारिएको छ । उनीहरूलाई आइतबार मध्याह्नसम्म फेला पार्न सकेको छैन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर सुनकोशीमा खसेको जिप भने प्रहरीले नदीबाट निकालेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले उक्त जिप नदी किनारबाट माथि निकालेको हो । बेपत्ता हुनेमा गाडीचालक अबिन बके, जिपमा सवार पुनीत सैंजु र बलराम घटुव रहेका छन्। नदीमा पानी धमिलो भएकाले खोजी तथा उद्धारमा समस्या भएपनि बेपत्ता भएका तीनै जनाको खोजी कार्य बिहानैदेखि तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

उक्त सुनकोशीमा खसेलगत्तै सँगै गएका सुशान्त कक्षपति पनि हाम्फालेर पौडेर बाँच्न सफल भएका छन् । उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारपछि अहिले सकुशल अवस्थामा रहेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख एवं प्रहरी निरीक्षक एल्जिना राईले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर