टेलिग्रामका कार्यकारी निर्देशक पावेल डुरोभ पक्राउ, एलन मस्क पनि समातिन सकिने

काठमाडौं । टेलिग्रामका कार्यकारी निर्देशक पावेल डुरोभलाई गएराति फ्रान्समा पक्राउ गरिएको छ। उनी रुसी नागरिक हुन् । उनलाई फ्रान्सको राजधानी पेरिसको बर्गेट एअरपोर्टमा प्रहरीले पक्राउ गरेको हो। उनी अजरबैजानको बाकूबाट एअरपोर्टमा आफ्नो निजी विमानमा उत्रिएका थिए। उनलाई आज एक केशका बारेमा अदालतमा उपस्थित हुनुथियो। यद्यपि, टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

रुसी सरकारलाई सूचना नदिँदा टेलिग्राम सन् २०१८ मा बन्द गरिएको थियो । पछिल्लो समयमा भने सञ्चालनमा थियो । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ । केही महिनाअगाडि अमेरिकी चर्चित पत्रकार टकर कार्ल्सनसँगको अन्तर्वार्तामा दुरोभले आफूलाई रुस तथा अमेरिका दुवैतर्फबाट असुरक्षा भएको बताएका थिए ।

रुसको युक्रेन हमलामा धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो । दुरोभको पक्राउपछि अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार भएर अहिले ट्रम्पलाई साथ दिएका विवेक रामास्वामीले सामाजिक सञ्जाल एक्समा एलन मस्कलाई पनि भविष्यमा पक्राउ गर्न सक्ने भन्दै लेखेका छन्, ‘अहिले टेलिग्राम । पछि एक्स ।’ जवाफमा मस्कले भनेका छन्, ‘सत् प्रतिशत ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर