श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्याण्डको जित

काठमाडौं ।  श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको दुई सय पाँच रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए ।

पहिलो पारीमा श्रीलङ्काले दुई सय ३६ रन बनाएकोमा इंग्ल्याण्डले भने पाँच सय ५८ रन बनाएको थियो । दोस्रो पालीमा श्रीलङ्काले तीन सय २६ रन बनाएपछि इंग्ल्याण्डले दुई सय पाँच रनको लक्ष्य पाएको थियो । यो जितसँगै तीन खेलको शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर