युक्रेनद्वारा रुसको ३० भन्दा बढी बस्तीमा आक्रमण

काठमाडौं ।  युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घन्टामा रुसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् । आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ ।

रुसले गत हप्ता बेलगोरोड क्षेत्रमा सङ्घीय स्तरको आपतकालको घोषणा गरेको थियो । यहाँ युक्रेनी सेनाले रूसी सिमाना नजिक आफ्नो आक्रमण जारी राखेको छ । रुसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणलाई आफ्नो क्षेत्रमा पन्छाउन जारी राखेको र युक्रेनले पछिल्लो २४ घन्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारीसाधन गुमाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर