सुनकोशीमा गाडी खस्दा भक्तपुरका ३ युवा बेपत्ता

 सिन्धुली ।  खोटाङबाट शनिबार साँझ भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१  सुनकोशी कुडुलेमा हाइलक्स जिप अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भक्तपुरका ३२ वर्षीय अबिन बके, ३० वर्षीय पुनीत सैंजु र ३७ वर्षका बलाम घटुवा छन् ।

जिप अबिन बकेले चलाएका थिए । नदीमा खसेको हाइलक्स जिप भेटिएको छ । नदीमा खसेको जिप सशस्त्र र नेपाल प्रहरीको टोलीले निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए । सूर्यविनायक नगरपालिका जगातीमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् । कक्षपतिको टाउको र जिउमा चोट लागेको एसपी काफ्लेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर