अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन्। काठमाडौंमा शनिबार आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताएका हुन्।

उनले भने, ‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ। नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ। म भन्न चाहन्छु– अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्। यसमा फरक पर्दैन। भर पर्नुपर्छ यो सरकारसँग। किनभने यो केही काम गर्नका लागि बनेको छ। म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन। तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर