ला-लिगा : सेल्टाभिगो र भिल्लारियल विजयी

काठमाडौं ।  स्पेनिस ला-लिगा फुटबलमा सेल्टभिगो र भिल्लारियल विजयी भएका छन्। गएराति भएको खेलमा सेल्टाभिगोले भ्यालेन्सियामाथि ३-१ गोल अन्तरको पुनरामन जित दर्ता गरेको हो। डिएगो लोपेजले राफा मिरको पासमा गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई १४ औं मिनेटमा अग्रता दिलाएका थिए। तर, २३औं मिनेटमा ओस्कार मनगुएजाले लागो आसपासको पासमा गोल गर्दै घरेलु मैदानमा समर्थकलाई उत्साहित गरेका थिए ।

२८औं मिनेटमा लागोले नै ओस्कारको पासमा गोल गरेपछि सेल्टाभिगो २-१ ले अघि बढेको थियो। ६०औं मिनेटमा फ्रान्सिस्को पेइनाडोले गोल गरेपछि सेल्टाभिगोले ३-१ को जित निकाल्न सफल भयो। सेल्टाभिगोको ला लिगामा लगातार दोस्रो जित हो। उसको तालिकामा २ खेलबाट ६ अंक भएको छ। भ्यालेन्सियाले भने लगातार दोस्रो खेलमा पराजय भोगेको छ।

यस्तै, अर्को खेलमा भिल्लारियलले सेभिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ। सेभिल्लाको मैदानमा पाहुना टोली भिल्लारियलले दोस्रो मिनेटमै अग्रता लिएको थियो। अर्नट गोरेनभल्डले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा सेभिल्लाले बराबरी गोल गरेको थियो। उसका डोडी लुकेबाकियोले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो।

बराबरीतर्फ उन्मुख खेलमा भिल्लारियलले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो पक्षमा ३ अंक लिन सफल भयो। अयोज प्रेजले अतिरिक्त सयमको पाँचौं  मिनेटमा गोल गर्दै जित दिलाएका हुन्। ला-लिगामा भिल्लारियलले २ खेलबाट ४ अंक बनाएको छ भने सेभिल्लाको २ खेलबाट १ अंकमात्रै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर