साफ यु-२० : सेमिफाइनलको समीकरण पूरा

काठमाडौं ।  राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसंगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई  १-० ले पराजित गरेको हो । पराजित भएसंगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ ।

त्यस्तै सोही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ भने साबिक विजेता भारतले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर