कांग्रेस बैठकमा आरजुको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणबारे पार्टीको बैठकमा ब्रिफिङ गरेकी छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन्। उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाएको बताइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसँग सहयोग गर्न प्रतिबद्धता जनाएको उनको भनाइ थियो।

पाँच दिने भारतको औपचारिक भ्रमण सकेर राणा हिजो फर्किएकी हुन्। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेकी थिइन्। उनले प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र भारत भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर