हिन्दू राष्ट्रका लागि देउवालाई ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानद्वारा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।जारी केन्द्रीय कार्य समितिको बैठकको पूर्वसन्ध्यामा महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा गएको कांग्रेसका नेताहरुको टोलीले सभापति देउवालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने मा ग गरिएको छ ।

ज्ञापनपत्रमा संविधानसभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन राष्ट्र हिन्दू घोषणा गर्न माग गर्दै पार्टीभित्र र बाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको तथ्य स्मरण गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर