कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो। सोही बैठकको निरन्तरता दिँदै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि बैठक सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३  गतेदेखि छलफल भइरहेको थियो। कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर