टिकटकमाथि प्रतिबन्ध हटे पनि सुचारु हुन समय लाग्ने

काठमाडौं । सरकारले केही सर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर टिकटकमाथि प्रतिबन्ध हटे पनि सुचारु हुन भने केही साय लाग्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले टिकटकमाथिको प्रतिबन्ध हताएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । नीतिगत रूपमा टिकटक खुलेको भए पनि कार्यान्वयनमा आउन हाम्रो सर्त पूरा गर्नुपर्ने उनले बताए । उनका अनुसार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचीकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।

छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचीकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छ । साथै, थप चार सर्त सरकारले राखेको छ । पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने सरकारको सर्त छ । यस्तै टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्ने उनले जानकारी दिए ।

टिकटकका साथै कुनै पनि सामाजिक सञ्जालबाट गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले जनाएको छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारले टिकटकबाट सामाजिक सद्‍भाव बिगारेको भन्दै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर