नेपालद्वारा बंगलादेश २–१ गोलले पराजित

काठमाडौं । घरेलु टोली नेपालले साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध २-१  गोलले विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार भएको खेलमा नेपालका लागि समीर तामाङ र नीराजन धामीले एक-एक गोल गरे । बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमा गोल फर्काए । यो खेलसँगै नेपाल समूह ‘ए’को विजेता टोली बनेको छ । आफ्नो पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर