प्रत्यक्ष निर्वाचन प्रणालीप्रति प्रधानमन्त्रीको गोलमटोल जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताको आधारमा संविधान संशोधन गर्ने सत्ता गठबन्धनको नीति रहेको बताएका छन् । देशको हित, आर्थिक विकास र सुशासनका लागि आवश्यक विषयमा संविधान संशोधन हुने उनले बताए । प्रधानमन्त्री ओलीले  बिहीवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा माओवादी सांसद नारायणी शर्माले सोधेको प्रश्नको जवाफमा ओलीले देशको हितका पक्षमा संशोधन हुने बताएका हुन् ।

‘देशको आवश्यकता, देशको हित, आर्थिक सुशासन र समृद्धिका लागि जे आवश्यक पर्छ, त्यो गर्ने हो । आँट र नआँट भन्ने प्रश्न उठ्दैन,’ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने आँट छ ? भन्ने प्रश्नमा ओलीले भने, ‘आँट देखाउन उल्किनुपर्ने आवश्यकता छैन । जे आवश्यकता छ, त्यसमा आँट नगर्ने होइन, जे आवश्यक छैन त्यसमा हौसिने पनि होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर