ट्राफिक प्रहरीलाई लुकेर चेकिङ नगर्न सांसद थिङको सल्लाह

काठमाडौं ।  सांसद सुशीला थिङले ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्नाले भक्तपुरको गट्ठाघरमा स्कुटर चालकको ज्यान नै जाने गरी घटना भएको बताएकी छन् । प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा सांसद थिङले ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्न बन्द गर्नुपर्ने माग गरिन्।

उनले भनिन्, ‘साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्राफिकले स्पिड चेक गर्ने क्रममा एउटा स्कुटरलाई रोकी चेक गर्दा एक्कासि मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक उत्तम कोइरालाको घटनास्थलमै ज्यान गयो, मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै र घटनाको कारण ट्राफिक प्रहरीले लुकिछिपी स्पिड चेक गर्दा भएको सुन्न आएको हुँदा अबदेखि ट्राफिक प्रहरीले त्यसरी लुकिछिपी चेक नगर्न र यो कार्यलाई रोक्न सरकारको ध्यानाकर्षण गर्दछु।’

साउन ३१ गते बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँँदा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौंको कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटना ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्दा भएको भन्दै सर्वसाधारणहरुले उक्त कार्यशैलीप्रति घोर आपत्ति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर