मौसम : पाँचवटा प्रदेशमा भारी वर्षाको चेतावनी जारी

काठमाडौं ।  हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

त्यसैगरी राति आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभाव रहेकाले कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर