माओवादीको प्रदेशस्तरीय परामर्श बैठक राजधानीमा सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय परामर्श बैठक आज बुधबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सुरु भएको बैठकमा आज बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरू सहभागी भएका छन् । बागमती प्रदेशको बैठक आज र भोलिसम्म चल्नेछ । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बैठक बस्ने निर्णय स्थायी समितिको पदाधिकारीहरूको बैठकले गरेको थियो । बैठक साउन २५, २६, २७, २८, ३० र ३१ गते बसेको थियो

यस्तो छ प्रदेश परामर्श बैठकको तालिका

बागमती प्रदेशका के.स.  तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ५ र ६ गते ।

उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।

गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते ।

सुदूरपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते ।

कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते ।

लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते ।

तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते ।

मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते ।

पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते ।

ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भाद्र २७ र २८ गते ।

प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।

जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर