काठमाडौंको नागढुंगामा पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध

काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए । ‘पहिरो पनछ्याउन २ तर्फी डोजर तयार रहे पनि पहिरो खसी रहेको हुनाले काम भने सुरु भएको छैन,’ उनले भने, ‘ ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर