नेपालीलाई विदेशी बैंक र घरजग्गामा लगानी गर्न प्रतिबन्ध

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको बताएको हो ।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकार राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर