सुन तोलामा ८ सय र चाँदी २५ रुपैयाँ वृद्धि

काठमाडौं । आज बुधबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय थियो। यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर