त्रिविका प्राध्यापकको सुरक्षाका लागि शिक्षामन्त्रीको गुहार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको स्पष्टीकरण दिएकी छन्। मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरेकी थिइन्। आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको थियो।

त्रिविका पदाधिकारीहरूमाथि हमला गर्न खोजेको र प्राध्यापकहरूलाई फोनमा धम्की दिने गरेकोले उनले सुरक्षाको माग गरेकी हुन्। आफूले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत उनले जनाएकी छन्। उनले लेखेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।’
उनको सामाजिक सञ्जाल एक्समा लेखाई यस्तो छ, “यहाँहरुले मलाइ आबस्यक सुझाव दिनु भएकोमा आभारि छु । मैले सार्बजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आबेगमा आएर लेखेको होइन । मैले ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारि गराउन चाहन्छु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर