गाजामा इजरायली आक्रमणबाट थप ५२ जनाको मृत्यु

काठमाडौं ।  गाजाका विभिन्न स्थानमा इजरायली आक्रमणमा थप ५२ जनाको मृत्यु भएको छ। एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गाजापट्टीमा युद्धकाबीच हजारौं विस्थापित नागरिकले विद्यालयमा शरण लिइरहेका छन्। पछिल्लो समय इजरायलले विद्यालयमै निशाना बनाइरहेको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्धविरामका लागि ९ औँ पटक मध्यपूर्वको भ्रमण पूरा गरेका छन्। युद्धविरामका लागि यो पटक पनि  इजरायललाई मनाउने प्रयास असफल भएको देखिन्छ। सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ब्लिन्केनले ३ घण्टा लामो वार्ता गरेका थिए । तर इजरायलले थप शर्त तेर्स्याएपछि अमेरिका रुष्ट बनेको छ । पछिल्लो समय हमास–इजरायलले एकपछि अर्को शर्त थप्दै गएपछि मध्यस्तकर्ता देशलाई युद्धविराम गराउन थप सकस परेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर