रास्वपाको केन्द्रीय समितिको बैठकमा संगठन निर्माणसम्बन्धी छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबारको केन्द्रीय समिति बैठक सुरु भएको । बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको छ । बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।
यस्तै बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ । बैठकले स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय गर्ने पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । २०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो । सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर