कालीमाटीमा आजको तरकारीको भाउ

काठमाडौं ।  कालीमाटीमा केही तरकारी र फलफूलको भाउ बढेको छ भने केहीको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार कालीमाटीमा एभोकाडो प्रतिकेजी ४८ रुपैयाँ र हरियो खुर्सानी १४५ रुपैयाँले बढेको हो । यसअघि प्रतिकेजी ३२६ रुपैयाँ ६७ पैसा रहेको एभोकाडोको भाउ बढेर प्रतिकेजी ३७५ रुपैयाँ पुगेको छ भने हरियो खुर्सानी ४५ रुपैयाँबाट बढेर १९० रुपैयाँ पुगेको छ ।

यसैगरी, आज तितो करेला र लौकाको भाउ बढेर प्रतिकेजी ४६ रुपैयाँ, लोकल परवर ७६ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, पिंडालू ७६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी २९५ रुपैयाँबाट बढेर ३२५ रुपैयाँ, भेडे खुर्सानी ६६ रुपैयाँ, हरियो लसुन २२५ रुपैयाँ, हरियो धनिया ४५० रुपैयाँ र अदुवा १९२ रुपैयाँ ५० पैसा तोकिएको छ । यता, साग, च्याउ र अन्य केही हरियो तरकारीको भाउ भने केही घटेको छ । यसअघि प्रतिकेजी ९५ रुपैयाँ रहेको रायोको सागको भाउ घटेर ७६ रुपैयाँमा घटेको छ भने तोरीको सागको भाउ ५५ रुपैयाँमा झरेको छ । त्यस्तै, कन्य च्याउ प्रतिकेजी ५५ रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, लोकल काँक्रो ५९ रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, कन्य च्याउ १६८ रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ र रुख कटहर प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा कायम भएको छ । यसैगरी, हाइब्रीड घिउ सिमीमको भाउ घटेर प्रतिकेजी ६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, भटमास कोशा १२७ रुपैयाँ ५० पैसा, तने बोडी र मकै बोडी ६६ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर