अविरल वर्षाले सिद्धार्थ र कर्णाली राजमार्ग अवरुद्ध, यात्रुको बिचल्ली

काठमाडौं ।  अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत गएराति आएको अविरलले कालीकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो  सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ । यी जोखिम ठाउँमा सडकको स्तरोन्नति गर्न सम्बन्धित निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका आम नागरिकले दुःख पाइरहेका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रु अलपत्रमा परेका छन् ।

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिए । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् । यसअघि मङ्गलबार साँझ गल्याङमा सडकमा रुख ढलेर अवरुद्ध भएको सडक दुई तर्फ सूचारु भइसकेको श्रेष्ठको भनाइ छ । यसैबिच अविरल वर्षाका कारण जिल्लाका प्राय: सवै गामीण सडकहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर