सुन तोलामा सय रुपैयाँ सस्तो

काठमाडौं ।  नेपाली बजारमा मङ्गलबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो । सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँबाट घटेर १ लाख ५२ हजार २ सय रुपैयाँमा झरेको छ । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय १० रुपैयाँबाट बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर