टोटनह्याम र लेस्टरको सिटी बराबरी

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ सिजनको आफ्नो पहिलो खेलमा टोटनह्याम र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेल्दै समान १ अंक बटुल्न सफल भए । खेलमा अग्रता भने पोरेरोको गोल मार्फत २९ औँ मिनेटमा टोटनह्याम्पले लिएको थियो ।

तर दोस्रो हाफको ५८ औँ मिनेटमा भार्डीले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । यो सँगै लिगको पहिलो चरणको समापन भएको छ । पहिलो चरणमा ८ वटा टिमले समान ३ अंक बटुल्दा ४ वटा टिमले समान १ अंक बटुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर