साफ यु–२० च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौं । भारतले साफ यु–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा भारतले भुटानलाई १–० ले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।
तनावपूर्ण खेलमा भारतका २ खेलाडी र भुटानका १ खेलाडीले रातो कार्ड पाएका थिए। तर मोनिरुल मुल्ला ३७ औं‌ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । यससँगै समूह बी मा भारतको ३ अंक भएको छ । समूह ए मा नेपालले पहिलो दिन श्रीलंकालाई १(० ले हराउँदै ३ अंक जोडिसकेको छ । अब मंगलबार समूह ए मा बंगलादेश र श्रीलंका खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर