परराष्ट्रमन्त्री डा. राणा र जयशंकरबिच द्विपक्षीय सम्बन्धमा भेटवार्ता

काठमाडौं ।  भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी  डा. आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो  भएको भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि हिजो आइतबार नयाँदिल्ली पुगेकी थिइन् । उनको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्किने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर