कुम्भेश्वरस्थित शाक्यको घरमा लागेको आगो नियन्त्रण

काठमाडौं । ललितपुरको बंगलामुखीस्थित निर्माण शाक्यको घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ । ललितपुर महानगर–१६ कुम्भेश्वरस्थित दुईतले घरमा सोमबार बिहान आगलागी भएको थियो । २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार आगो लागेको बेला घरमा कोही थिएन । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर