बझाङमा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु

काठमाडौं ।  बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । गएराति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर