तुर्कीको संसदमा  मारपिट : तीनजना विपक्षी सांसद घाइते

काठमाडौं ।  तुर्कीको संसदमा  मारपिट भएको छ । सांसदहरूले शुक्रबार एकअर्कामाथि लात्ती र मुक्का बर्साएका थिए । । यो मारपिट करिब ३० मिनेटसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मारपिटमा तीनजना विपक्षी सांसद घाइते भएका छन् । भिडियो फुटेजहरुमा सभामुखको पोडियमको सिँढीहरूमा रगतका छिटाहरू पनि देखिएका छन्।

एक विपक्षी सांसदले तुर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि त्यस्तो मारपिट भएको हो । आतंकवादी भने लगतै एर्दोगानको जस्टिस एण्ड डेभलपमेन्ट पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि आक्रमण गरेका थिए । संसदमा मारपिट बढ्दै गयो र सांसदहरूले एकअर्कामाथि मुक्का बर्साउन थाले। यस घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

जेलमा थुनामा रहेका सांसदको विषयलाई लिएर विशेष बैठक भइरहेको थियो । यसमा सांसद कान अतालेका विषयमा लिएर छलफल चलिरहेको थियो। अतालेले २०१३ मा एर्दोगान सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए । जसमा धेरै हिंसा भएको थियो। त्यसपछि अतालेलाई गिरफ्तार गरिएको थियो।

अताले २०१३ देखि नै जेलमा छन्। उनलाई सन् २०२२ मा १८ वर्षको सजाय सुनाइएको थियो। गत वर्ष मेमा भएको चुनावमा अताले निर्वाचित भएका थिए। उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बनेका हुन्। यस पार्टीसँग संसदमा तीन सीट छन्। त्यसपछि एर्दोगानको पार्टीले एउटा विधेयक ल्याएर अतालेको संसद सदस्यता खारेज गराइदियो। यस निर्णयविरुद्ध अदालतमा अपील गरिएको थियो। तुर्की सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाइ दिएको थियो। अताले फेरि सांसद बने। अदालतले सांसदको रूपमा उनको सबै अधिकारहरू पुनःस्थापना गरिदिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर