प्रधानमन्त्री मोदी र युनुसबीचको फोनवार्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दू अल्पसङ्ख्यक समुदायहरूमाथि आक्रमणका समाचारहरू आइरहेका बेला दुई नेताबीच भएको यो पहिलो कुराकानी हो ।

यो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान परिस्थितिको बारेमा कुरा गर्‍र्यों।”

भारतका प्रधानमन्त्री मोदीले फोनवार्तामा आफूले भारतको बङ्लादेशलाई हेर्ने अडान पूर्ववत रहेको र बङ्गलादेशको परिवर्तित राजनीतिक सन्दर्भमा लोकतन्त्र, स्थिर र शान्तिपूर्णको बङ्गलादेशको लागि कुरा राखेको बताए । उनले एक्समा लेखे, “मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बङ्गलादेशका लागि भारतको समर्थन दोहो र्‍याएँ । उहाँ (मोहम्मद युनुस) ले बङ्गलादेशका हिन्दू र सबै अल्पसङ्ख्यकको सुरक्षाको आश्वासन दिनुभएको छ ।”

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको मुद्दालाई उठाएर सुरु भएको विद्यार्थी आन्दोलनमा व्यापक जनसहभागिता देखिएपछि हेलिकप्टरमा आफ्नानिकट सहयोगी लिएर तत्कालीन प्रधानमन्त्री शेख हसिना भारतको नयाँदिल्ली पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर