परराष्ट्रमन्त्री डा. आज भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आजदेखि छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा जान लागेकी परराष्ट्र मन्त्रालले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल हुने जनाइएको छ । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले शदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर