खुलेरै आए ऊर्जामन्त्री डेडिकेटेड ट्रंकलाइनका उद्योगीको पक्षमा

काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिजुलीको बक्यौता नतिर्ने उद्योगीको बिजुली काट्नु ठूलो गल्ती भएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मन्त्री खड्काले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत उद्योगीबाट न्यायसङ्गत तरिकाले बक्यौता असुल गर्नुपर्ने तर लाइन काट्न नहुने बताएका हुन् । ‘उद्योगको बिजुली काट्नु भनेको मानिसकोे घाँटी काट्नुसरह हो, बिजुली काटेपछि त्यहाँका कामदारको हालत के हुन्छ त ?’ मन्त्री खड्काले भने ।

उनले सरकारले बिजुलीको बक्यौता उठाउनु हुँदैन कहिल्यै नभनेको बरू उद्योगी कतै मारमा परेका छन् कि भनेर पनि हेर्नुपर्ने बताए । सरकारले ट्रङ्क र डेडिकेटेड लाइनबापतको रकम छुट दिन थाल्यो भनेर गलत प्रचार भइरहेको भन्दै असन्तोष पनि प्रकट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर