शनिबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । युरो १ को खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९८ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८४ पैसा र बिक्री दर ८९ रुपैयाँ २४ पैसा छ । यस्तै कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ १४ पैसा र बिक्री दर ४४० रुपैयाँ १० पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५३ र बिक्री दर ३५७ रुपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर