म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात गर्‍याे । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो ।

हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो ।

गएको सिजन युनाइटेड आठौँ स्थानमा रहेको थियो । फुलहमले १३ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् । आज ६ वटा खेल हुँदैछन् । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर