सोलुखुम्बुको थामेमा बाढीमा फसेका ७ जनाको उद्धार, एक जना बेपत्ता

काठमाडौं ।  खुम्बु पासाङल्हामू गाउँपालिका-५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो । बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन, हामी बुझ्दैछौं’, पाण्डेले भनिन् ।

पाण्डेका अनुसार थामे गाउँमा पसेको उक्त बाढीबाट बस्तीका केही घरहरु अति जोखिममा छन् । थामे भन्ने ठाउँमा हिमपहिरोपछि आएको बाढीका कारण लगभग २० वटा घर पुरिएको छ भने एक जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर