परराष्ट्रमन्त्री डा. राणा भारत भ्रमणमा जाँदै, मोदीसँग भेट अनिश्चित ?

काठमाडौं । परराष्ट्रमन्त्रीमा पहिलोपटक नियुक्त भएकी डा. आरजु राणा देउवाको छिमेकी भारतको भ्रमणमा जाने भएकी छन् । उनको यो भ्रमण ओपचारिक हुने वा सामान्य शिष्टाचार हुने हो खुलस्त भइसकेको छैन ।
मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री राणा आगामी भदौ २ गते आइतबार बिहान साढे ११ बजे नयाँदिल्ली जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रमा मन्त्री राणाले मंगलबार समकक्षी डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि परराष्ट्रमन्त्री राणाको भेटघाट गराउने तयारी भएको छ तर निश्चित भइनसकेको ती अधिकारीको भनाइ छ ।
मन्त्री राणासँग परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग प्रमुख भृगु ढुंगाना, उपसचिव सिर्जना अधिकारीलगायत अन्य अधिकारी भारत जानेछन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरिसकेको छ। मन्त्री राणा आइतबार भारत प्रस्थान गरेर बिहीबार स्वदेश फर्कने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर