उचेको डेब्यु गोल, गेटाफेलाई राहत

काठमाडौं। दुई वर्षअघि मिडफिल्डर क्रिस्टानटस उचे स्पेनिस फुटबलको पाँचौं डिभिजनमा खेलिरहेका थिए। बिहीबार उनले स्पेनिस ला लिगको पहिलो दिन शीर्ष क्लब गेटाफेबाट डेब्यु गरेका थिए।

६४औं मिनेटमा उचेले पेनाल्टीमार्फत गोल गर्दै गेटाफेलाई एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा १–१ को बराबरीमा ल्याए। २१ वर्षीय नाइजेरियाली खेलाडीले भने, ‘म निकै राम्रो महसुस गरिरहेको छु। डेब्यु खेलमा गोल गर्न पाउनु गज्जबको कुरा हो। म साँच्चै खुसी छु।’

उचे गत वर्ष ८०० युरो (अहिले ८७७ अमेरिकी डलर) को स्थानान्तरण शुल्कमा तेस्रो डिभिजनको क्लब सेउटामा अनुबन्ध हुनुअघि पाँचौं डिभिजनको क्लब मोरालोमा आबद्ध थिए।

डिफेन्डिङ कोपा डेल रे च्याम्पियन र यो सिजन शीर्ष स्थानमा रहने सम्भावना रहेको मानिएको एथ्लेटिकले २७औं मिनेटमा ओइहान सान्सेटमार्फत सान माम्स स्टेडियममा गोलको खाता खोलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर