गठ्ठाघर दुर्घटनामा पुलिस फोर्सको गल्ती छ कि ? छानबिन गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै गम्भीरतापूर्वक दुर्घटना कारण खोज्नसमेत निर्देशन दिए ।
उनले भने, गट्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर