पेट्रोलमा पाँच, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घट्यो, ग्यासको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । हिजो बिहीबार राति एक बजेदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलमा तीन रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोल लिटरको १६२ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल लिटरको १५२ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोल लिटरको १६४ रुपैयाँ तथा डिजेल र मट्टितेल लिटरको १५४ रुपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोल लिटरको १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल लिटरको १५५ रुपैयाँ पर्नेछ । निगमले एलपि ग्यासको मूल्य भने यथावत् राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर