माओवादी र नेकपा एसबिच एकताबारे परस्पर विरोधी विचार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताको लागि घनीभूत छलफल भइरहेको जनाएको छ। काठमाडौंमा बिहीबार बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक भएको बताउाँदै उनले भने, ‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ। त्यसका लागि बृहत्त वामपन्थी एकीकरण आवश्यक छ। कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ। हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन। अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ।’
मोर्चालाई प्रभाकारी बनाउनको लागि अहिले कार्यदल काम गरिरहेको बताए। उनले भने, ‘माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनीभूत छलफल चलिरहेको छ।’
यसैबिच नेकपा एकीकृत समाजवादीले कुनै पार्टीसँग पार्टी एकीकरणको कुरा नचलेको प्रष्ट्याएको छ । नेकपा माओवादी केन्द्रसँग एकता गर्नेबारे छलफल चलेको समाचारहरू बाहिरिएपछि एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले त्यसबारे प्रष्ट पारेका हुन् । “कुनै पनि पार्टीसङ्ग एकीकरण गर्ने कुरा चलेको छैन । कम्युनिष्ट पार्टीहरूको बीचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै छ । वामपन्थीहरूको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन,” नेता खतिवडाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर