नेप्से परिसूचक ३ हजार नाघ्यो, झन्डै ३० अर्बको कारोबार

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ भने दैनिक कारोबारमा उच्च रेकर्ड कायम भएको छ। आज नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ। आजको बढोत्तरी १.४५ प्रतिशत हो। आज तीनवटा कम्पनीको कारोबार सर्किट लेभलमा भयो।

यसैगरी आज हालसम्मै उच्च कारोबार भएको छ। आज दिनभरमा ६ करोड ८९ लाख कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो। यसअघि गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ९१ करोड ३३ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ८३ करोड २३ लाख रुपैयाँ
अपी पावरः ६५ करोड रुपैयाँ
कुमारी बैंकः ६१ करोड ७७ लाख रुपैयाँ
निफ्राः ६० करोड ३७ लाख रुपैयाँ
शिवम सिमेन्टः ५० करोड ५७ लाख रुपैयाँ
अपर तामाकोशीः ४९ करोड ५ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ४८ करोड २० लाख रुपैयाँ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ४५ करोड ९२ लाख रुपैयाँ
एचआईडीसीएलपीः ४४ करोड ७९ लाख रुपैयाँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर