गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको मृत्यु, घटनास्थल तनावपूर्ण

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटरमा सवार ती व्यक्तिलाई ट्रकले करिब सय मिटरसम्म सोहोरेर लगेको थियो ।

घटनास्थल अहिले तनावपूर्ण बनेको छ । दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन् ।

थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर